×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोल र डिजेलको मूल्य बढ्यो

GLOBAL IME BANK
SHREE KESH

पेट्रोल र डिजेलको मूल्य बढ्यो

१७ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा दुई  रुपैयाँ र डिजेलमा पाँच रुपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

निगमको सूचना अनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य १५४.५० रुपैयाँ कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: