काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन्। मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछी रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए । उनले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढङ्गले सरकार अघि बढेको छ । तपाईंहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्यो, फाइल यस्तो खुल्यो की त्यो एकरात पनि टिक्न नसक्ने भयो ।’
उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाएका छन् ।
त्यस्तै उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै प्रश्न गरे । लामिछानेले भने, ‘एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्