Skip to content
LAXMI SUNRISE BANK

प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नेछौँः लामिछाने 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नका लागि तयार रहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढि जिम्मेवारी थपिएको भन्दै इमान्दारिताका साथ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । 

‘ठूला दल मिलेपछि त प्रतिपक्ष अलि तगडा हुनुपर्यो त्यसकारण हामी तयार छौँ ।’, उनले भने, ‘अलगअलग भूमिकामा निष्पक्षकासाथ काम गर्ने हो ।’

त्यस्तै, उनले इमान्दारिताका साथ काम गर्दा जुनसुकै भूमिकामा पनि त्यस्तो कुनै फरक नपर्ने भन्दै प्रतिपक्षमा झन् बढी जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK