Skip to content
LAXMI SUNRISE BANK

‘घुसखोरीको आरोप’ लागेपछि रिलायन्सको आइपिओ प्रक्रिया हालका लागि रोकियो, ‘बोर्डभित्रैका कर्मचारीलाई उग्र छट्पटी !’

अर्थ सरोकार

काठमाडौं। ‘घुसखोरीको आरोप’ लागेपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निस्काशन प्रक्रिया हालका लागि रोकिएको छ । नेपाल धितोपत्र बोर्डको बुधबार बसेको बैठकले कम्पनीको आइपीओ निस्काशन प्रक्रिया हालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डकै मिलेमतोमा जनता लुट्ने काम भएको आरोपबारे चौतर्फी प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे उठेका प्रश्नको जवाफ पठाउन पत्राचार गरेको थियो ।  समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गरेको हो।

कम्पनीले असार २७ गते बिहीबारदेखि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने तयारी गरेको थियो ।

हाललाई आइपीओ निस्काशन प्रक्रिया रोकिएपछि बोर्डभित्रकै कर्मचारीलाई उग्र छट्पटी भएको पाइएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK