काठमाडौं। सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरी फरार रहेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असार १७ गते पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कावा रहेका छन्।
उनीहरूले आकर्षक ब्याज दिने र चाहिएको समयमा जम्मा भएको रकम झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताको बचत रकम ठगी गरेको प्रहरीले जनाएको छ।
ललितपुर स्थित उक्त सहकारीमा १२ सय जना बचतकर्ता रहेका छन्।
हाल तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्