×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने

Artha Sarokar

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले असार २६ गते (बुधवार) पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो । 

सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिएका छन् । बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौँ । २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरुलाई बोलाएका छौँ ।’, सभापति थापाले भने, ‘सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौँ ।’

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी