काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकर पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले दुवैजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असार १ गते पक्राउ गरेको थियो ।
तेजबिक्रम र सजनासँगै प्रहरीले संस्थाका सदस्य भीमसेन महर्जन र सञ्जय सापकोटालाईसमेत पक्राउ गरेको थियो । जसमध्ये जिल्ला अदालत ललितपुरले भीमसेन महर्जनलाई १५ लाख र सञ्जय सापकोटालाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मुद्दा दायर गरेका १२ जनामध्ये अन्य ८ जना भने अझै फरार छन् । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्