×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डका अध्यक्ष फेरिए  

LAXMI SUNRISE BANK
GLOBAL

धितोपत्र बोर्डका अध्यक्ष फेरिए  

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष फेरिएका छन् । माओवादी नेतृत्वको सरकार ढलेपछि बिष्णु पौडेल अर्थमन्त्री बनेसँगै बोर्डको अध्यक्ष फेरिएका हुन् ।

यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले नरेन्द्रकुमार रानालाई बोर्ड अध्यक्षमा नियुक्त गरेका थिए । उनी पुनका प्रिय पात्रसमेत हुन् । तर, विष्णु पौडेल अर्थमन्त्री बनेलगत्तै पौडेलले बोर्डको कामु अध्यक्षमा महेश बराललाई  नियुक्त गरेका छन् । बराललाई अर्थमन्त्री पौडेलले पद तथा गोपनीयताको सपथ समेत गराएका छन् । 

बोर्डको अध्यक्ष पद रिक्त रहेको अवस्थामा धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्नेगरी बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने गरी बराललाई बोर्ड अध्यक्षमा नियुक्त गरिएको हो ।

पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री पौडेलले बराललाई सुखद् कार्यकालको शुभकामना दिएका छन् । साथै सूचीकृत सङ्गठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिन र सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न अर्थमन्त्री पौडेलले निर्देशन दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी