×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

१९ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार मञ्जुश्री फाइनान्सको भएको छ। यस कम्पनीको २३ करोड १ लाख ७७ हजार ७ सय ७४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको  सेयर बजारमा सबैभन्दा बढी नाफा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो।

यसैगरी आज चिरख्वा हाइड्रोपावरले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी