×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ५२.९७ अंकले बढ्यो नेप्से, ७ अर्बमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार ५२.९७ अंकले बढ्यो नेप्से, ७ अर्बमाथिको कारोबार

Artha Sarokar

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा रिडी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलवा मान्डु हाइड्रोपावर, जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर र नेशनल हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआरएन इन्फ्रास्ट्रकचर, ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमोटर सेयर, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र सीइडीबी हाइड्रोपावर डेभलपमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै आइतबारको सेयर बजारमा बलेफी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । बलेफी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा १०.१५% प्राइम डेबेञ्चर २०८४, एनआइसी एशिया सेलेक्ट फण्ड-३०, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी