×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा राँके ‘बुल’को संकेत कि ‘बेबी बुल’ ? कहाँसम्म पुग्ला ? (भिडियो) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेयर बजारमा राँके ‘बुल’को संकेत कि ‘बेबी बुल’ ? कहाँसम्म पुग्ला ? (भिडियो) 

Artha Sarokar

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ मन्त्रालयमा बिष्णु पौडेलको इन्ट्रीपछि सेयर बजारमा ठूला खेलाडीहरुको पनि इन्ट्री हुन थालेको छ । परिणाम, सेयर बजारमा कारोबार रकम १२ अर्ब नाघेको छ । बियरिसको तनावले आत्तिएका लगानीकर्ताहरु सुखको स्वास फेर्न थालेका छन् । हराएका पोर्टफोलियोका हात्तीहरु फर्किन थालेका छन् । ब्रोकर हाउसमा पुगेका लगानीकर्ताहरु मुस्कुराउन थालेका छन् । 

सेयर बजार घटेका बेला धर्के भनेर गाली गर्नेहरु टेक्निकल एनालिष्ट खोजिरहेका छन् । अर्थ सरोकारमा फोन गरेर लौ न ट्रेनिङ राखिदिनुपर्यो भन्नेहरु बढेका छन् । बैंकहरुमा सेयर धितो कर्जा लिन प्रक्रिया सुरु गर्नेहरु बढेका छन् । सँगै बढेका छन् बजारमा सिजनका विश्लेषक नामका ’ठिष्लेशक’हरु, जसको पोर्टफोलियो हेर्ने हो भने मुस्किलले ५ लाखको सेयर होला, तर उनीहरु नै सेयर बजारमा यसरी कमाउने र उसरी कमाउने भनेर फेसबुक, टिकटक र युट्युबमा लाइभ बस्नेहरु । अनि सँगै बढेका छन् उनीहरुकै पछि लागेर भएको अलिअलि पैसा पनि दाउ लगाउनेहरु

बुझ्नेलाई सेयर बजार श्रीखण्ड हो, नबुझ्नेलाई यो पैसा सिध्याउने मेलो पनि हो । विगतको ३२०० को बुल देखेका, भोगेकाहरुले जरुर बुझेका छन्, यो बजार सबैका लागि होइन, हुँदै होइन । सँगै केही बुल र केहि बियरको स्वाद चाखेकाहरुले बुझेका छन्, पैसा कमाउने केही उत्तम उपायहरुमध्ये सेयर बजार पनि एक हो । हो, बजारमा ९० प्रतिशतले खाने घाटा नै हो, बाँकी १० प्रतिशतमध्ये ३ प्रतिशत ट्रेडर र बाँकी ७ प्रतिशत इन्भेष्टर भएर बजारमा मनग्य पैसा कमाईरहेका छन् भन्ने पनि सत्य हो ।

बियरिस बजार नदेखेकाहरुका लागि त बजार उत्ताउलो छ । बजार बढेको भर्खर भर्खर मात्र देख्न थालेकाहरुका लागि ओहो यसरी पनि बजार बढ्छ र भन्ने छ । तर बजारमा अनुभव बटुलेकाहरुका लागि सेयर बजार सुन्दर मात्र छैन, महासुन्दर छ । बुझेर, सोचेर लगानी गर्नेहरुले ढिलोचाँडो बजारबाट पक्का कमाउँछन् । ३२०० मा बेच्ने बेला भन्छन् नि विश्लेषकहरुले भन्दा पनि हामीलाई गाली गर्ने, र १८००मा किन्ने बेला भयो है भन्ने चर्चा छ नि भन्दा पनि हामीलाई गाली गर्नेहरुले बजारमा गाली नै गरेर आनन्द लिने हो, किनकि उनीहरुका लागि यो बजार हुँदै होइन । जसका लागि हो, उनीहरुलेबियरिसमा किने, अझै ढिलो भएको छैन भनेर बीचमा २००० तिर पनि किने, २२०० मा पनि किने, केही सेयर छानी छानी अहिले किन्दैछन् । उनीहरुका लागि बजारमा सुन्दर दिन आएका छन्, अझै आउनेवाला छ । ३२०० मा बेच भन्दा पनि नमान्ने र १८०० मा किन भन्दा पनि नमान्नेहरुले अरुलाई गाली गर्नेमात्र हो । बजार त धैर्यता, सहनशीलता भएका हरुका लागि हो ।     

फेरी पनि जरुर भन्छौँ, बजार सधैं हरियो, वा सधैँ फलिफापवाला हुने हुँदैन । बजार उस्तै निर्मम पनि छ । कसैको कुरा सुनेरमात्र भन्दा पनि अध्ययन गरेर लगानी गर्न आवश्यक छ । बुल पछि बियर आउँछ, बियर पछि बुल आउँछ यो सत्य हो । तर सँगै सत्य यो पनि हो कि, बजारमा बेकारका कम्पनीमा डुबेको पैसा नफर्किन पनि सक्छ । त्यसैले फलानोले भनेर, ढिस्कानोले किन भनेर, फलानोले यो त गज्जबको स्टक हो भनेर उक्साएर किनेको सेयरमा औसत हुने घाटा नै हो । आफुले चिनेर, बुझेर किनेको स्टकले सकेसम्म नाफा दिन्छ, नाफा दिन नसके पनि नाफा गर्ने तरिका सिकाईदिन्छ । बाँकी त पैसा पनि तपाईंको, घाटा भए घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी