काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्बमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।