×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ दिनमै सिन्धु विकास बैंकको अध्यक्ष फेरियो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

९ दिनमै सिन्धु विकास बैंकको अध्यक्ष फेरियो

Artha Sarokar

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ नियुक्त भएको ९ दिन बित्न नपाउँदै सुवेदी अध्यक्षमा नियुक्त भएका हुन् ।

बैंकको असार २२ गते बसेको संचालक समितिको बैठकले दामोदर प्रसाद सुवेदीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सुवेदी सञ्चालक समिति सदस्य थिए ।

बैंकले गत असार १३ गते अध्यक्षमा सञ्चालक सदस्य रहेकी निभा डंगोल श्रेष्ठलाई नियुक्त गरेको थियो । डंगोललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै बैंकले सुबेदीलाई अध्यक्ष चयन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी