×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सर्किट हानिरहेको सिन्धु विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारबाही, अघिल्लो ‘बुल’मा फसेका थिए लगानीकर्ता ! 

LAXMI SUNRISE BANK
GLOBAL

नेप्सेमा सर्किट हानिरहेको सिन्धु विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारबाही, अघिल्लो ‘बुल’मा फसेका थिए लगानीकर्ता ! 

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । केहि समय यता दिनानुदिनजस्तै पोजेटिभ सर्किट हानेर मूल्यमा बढोत्तरी आएको सिन्धु बिकास बैंक भित्र भने खोक्रो हुँदै गएको पाइएको छ । बर्षैपिच्छे ठुला ठुला घोटाला काण्ड बाहिर आईरहने यो बैंकलाई राष्ट्र बैंकले अव, निक्षेप लिन पनि नपाउने, शाखा विस्तार गर्न पनि नपाउने र राष्ट्र बैंकको स्वीकृति विना कर्मचारी भर्ना गर्नसमेत नपाउने गरी कारवाही गरेपछि बैंक भित्रभित्रै खोक्रो बनिसकेको तथ्य बाहिरिएको हो ।

राष्ट्र बैंकले बिगतमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई टेकओभर गर्नु अगाडी यस्तो कारवाही गर्ने गरेको थियो । गत आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासमा ऐन विपरीत कार्य गरेको भन्दै राष्ट्र बैंकले सिन्धु विकास बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो ।
राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंकले असार ११ गते पठाएको वित्तीय विवरणमा सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको पूँजीकोष अनुपात ६.७१ उल्लेख छ । तर, उक्त अनुपातमा राष्ट्र बैंकको एकीकृत निर्देशनको इ.प्रा.नं. १ मा उल्लेखित कायम गर्नुपर्ने न्यूनतम पूँजीकोष अनुपात ३२.९० प्रतिशत अपुग भएको राष्ट्र बैंकले जनाएको छ ।सोही अनुसार राष्ट्र बैंकले सिन्धु विकास बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम कारबाही गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले एकीकृत निर्देशनको व्यवस्था विपरीत कार्य गरेको भन्दै बैंकको सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाईसमेत कारबाही गरेको छ । गत आर्थिक वर्षमा बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन विपरीत चेक खरिद गरेको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गरे/गराएको राष्ट्र बैंकले ठहर गरेको छ ।

त्यस्तै, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाहा गरी साँवा रकम मात्र असुलउपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरु भएको र हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरिएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैर-जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठलाई राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गर्ने शीघ्र सुधारात्मक कारवाहीलाई निकै गम्भीर रुपमा हेर्ने गरिन्छ । राष्ट्र बैंकले टेकओभर गर्नुअघि सुरुमा शीघ्र सुधारात्मक कारवाही गर्ने गरेको छ । यसअघि क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड लगायतका संस्थालाई पनि टेकओभर गर्नुअघि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेको थियो ।

राष्ट्र बैंकको कारबाहीमा परेको सिन्धु विकास बैंकले पछिल्ला दिन नेप्सेमा सर्किट हानिरहेको छ । अघिल्लो ‘बुल’मा यो बैंकको सेयर ६ सय बढि पुग्दा लगानीकर्ताहरु फसेका थिए । संस्थागत सुशासनमासमेत निकै कमजोर यो बैंकलाई केही निश्चित ‘सेयर खेलाडी’हरुले खेलाउँदै आएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी