काठमाडौँ । गत आर्थिक वर्षमा नेपालमा २८ अर्ब बढीका स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै नेपालमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार मूल्य बराबरका १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन आयात गरिएको हो ।
स्मार्टफोनको आयातबाट मात्रै गत आर्थिक वर्षमा सरकारले ५ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा १ अर्ब ४२ करोड ९० लाख ८५ हजार रुपैयाँ बराबरका १७ लाख ५८ हजार ६ सय ९० सेट टेलिफोन आयात भएका छन् ।
त्यस्तै, सोही अवधिमा ६५ करोड ९३ लाख २८ हजार मूल्य बराबरका हेडफोन आयात गरिएको छ भने ५० करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरका मोबाइल चार्जर आयात गरिएको छ । जसमध्ये हेडफोनको आयातबाट सरकारले २१ करोड ९ लाख २३ हजार र चार्जरको आयातबाट १५ करोड ५७ लाख १० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्