×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजार १०० प्रतिशत माथि जान्छ, ८३ सालसम्म ४१०० कट्छ’- सुबासचन्द्र भट्टराई (भिडियो) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बजार १०० प्रतिशत माथि जान्छ, ८३ सालसम्म ४१०० कट्छ’- सुबासचन्द्र भट्टराई (भिडियो) 

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर गुरु सुबासचन्द्र भट्टराईले सेयर बजार १०० प्रतिशत माथि जाने बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै भट्टराईले अहिले बढ्न सुरु गरेको बजार १०० प्रतिशत माथि जाने बताएका हुन् । 

अहिले सेयर बजारप्रति सबैकुरा सकारात्मक भएको र धेरैपछि बजारमा उच्च कारोबारसहितको बढोत्तरी देखिएको लगायतका विभिन्न कारणले बजार माथि नै जाने संकेत गर्ने भट्टराईको भनाई छ । 

अझ यतिसम्मकि अहिलेकै सरकार रहे र नीतिमा अस्वभाविक परिवर्तन नभए २०८३ सालसम्म सेयर बजार ४१ सय कट्ने भट्टराईले बताएका छन् । ‘मलाई लाग्छ, २०८३ सालमा बजार ४१ सय अंक कटेर माथि गइसकेको हुन्छ ।’, भट्टराईले भने, ‘संसारभरी युद्ध भयो, फेरी कोभिडजस्तो विश्वव्यापी महामारी आयो भने फरक कुरा हो । तर अहिलेकै सरकार रह्यो भने बजार २०८३ मा ४१०० माथि जान्छ ।’ 

त्यस्तै, उनले अहिले सेयर बजारमा ‘बुल’ सुरु भइसकेको पनि बताएका छन् । बजार बढ्ला बढ्ला भन्दाभन्दै १८०० बाट २४०० पुगिसकेको भन्दै भट्टराईले बजारले लय समातिसकेको बताएका छन् । साथै उनले यसपालिको ‘बुल’मा बैंकिङ सेक्टरले ‘लिड’ गर्ने भन्दै बैंकिङको लगानी दीर्घकालीन रुपमा राम्रो हुने पनि बताएका छन् । भट्टराईसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी