काठमाडौं । नेपालकै पहिलो कर पात्रो सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल ट्याक्पेयर्स सोसाइटीले कर पात्रो सार्वजनिक गरेको हो ।
उक्त पात्रोको आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, नेपाल ट्याक्सपेयर र्स सोसाइटीका अध्यक्ष टिका कार्की, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)का अध्यक्ष अरुण राउत, नेपाल अडिटर एसोसियसनका प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा करदाताका समस्या र सम्भावित समाधान विषयक अन्तरक्रियासमेत गरिएको थियो ।
सोहि कार्यक्रममा अन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले ‘करका कुरा’ पोडकास्टको औपचारिक सुभारम्भ गरेका थिए । उक्त पोडकास्ट नेपाल ट्याक्सपेयर्स सोसाइटी र अर्थ सरोकारको संयुक्त प्रयासमा संचालन गरिनेछ । कार्यक्रममा बोल्दै अन्तरिक राजस्व विभागका महानिर्देशक तिवारीले करदाताका समस्या, कानुनी उल्झन र समस्या समाधानका लागि आफ्नो स्थरबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा व्यवसायी तथा करदातालगायतको सहभागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस् :



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्