काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समिकरणसँगै सेयर बजार सुधार हुने अपेक्षा व्यक्त गरेका छन् । उनले अस्थिर सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला दलबचिको समिकरण सेयर बजारका लगानीकर्ताको लागि सुखद् रहेको बताएका छन् ।
राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास नयाँ समिकरणसँगै लयमा आउने विश्वास रहेको ढकालको भनाई छ ।
त्यस्तै, ढकालले नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ सत्ता समिकरण मुलुकको आवश्यकता भएको दाबी गरेका छन् । ‘नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ सत्ता समिकरण बनेको छ । यो समिकरण देशले खाजेको थियो । यो समिकरणले उद्योगी व्यवसायी,लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको छ ।’, उनले भने, ‘मुलुकले स्थिर सरकार खाजेको छ । स्थिर सरकार हुँदा नीतिहरु स्थिर हुने र निजी क्षेत्रको लागि राम्रो हुनेछ ।’
हाल उद्योग व्यवसाय, घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान हुनेमा आशा पलाएको पनि अध्यक्ष ढकालले बताएका छन् ।
गत सोमवार नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ समिकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन र मन्त्रीहरुसमेत फिर्ता गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्