×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नयाँ सत्ता समीकरणले सेयर बजार सुधार्ने आश छ’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘नयाँ सत्ता समीकरणले सेयर बजार सुधार्ने आश छ’

Artha Sarokar

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणले सेयर बजार सुध्रिने आश रहेको बताएका छन् । माओवादी नेतृत्वको सरकारले बजार सुधारका लागि खासै केही गर्न नसकेको भन्दै उनले एमाले र काँग्रेसबीचको नयाँ सत्ता समीकरणले बजार सुधारको पक्षमा राम्रो गर्ने अपेक्षा व्यक्त गरेका हुन् ।

अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समीकरण लगानीकर्तामा उत्साह देखिएको ढकालको भनाई छ । उनले राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको उल्लेख गरेका छन् । सेयर बजार मात्रै नभएर नयाँ समीकरणले उद्योगी व्यवसायी र समग्र निजी क्षेत्रलाईसमेत उत्साहित बनाएको ढकालले बताएका छन् । 

त्यस्तै, अध्यक्ष ढकालले २०७८ साल भदौ ८ गते राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको प्रहारबाट सेयर बजार अहिलेसम्म माथि उठ्न नसकेको बताए । मौद्रिक नीतिको प्रहारबाट पुँजीबजार अहिलेसम्म १८ सयको सेरोफेरोमा रहेको बताउँदै अध्यक्ष ढकालले विगतमा राष्ट्र बैंकले लिएका सबै नीतिहरु आगामी मौद्रिक नीतिमा सच्याउनुपर्ने बताएका छन् । ‘राष्ट्र बैंकले पूँजी बजारमा लगाएको १५ २० करोडको सीमा पूर्णरुपमा हट्नुपर्छ ।’, उनले भने, ‘राष्ट्र बैंकले बैंकहरुलाई कोर क्यापिटलको ४० प्रतिशत लगानी गर्न दिने भनेपछि बैंकहरुले त्यही अनुसार गर्नुहुन्छ । पुँजीबजार जहिले पनि सुरक्षित हो ।’

त्यस्तै, पुँजीबजारको जोखिम भार १५० बाट अहिले १२५ मा कायम रहेको भन्दै त्यसलाई सय प्रतिशतमा ल्याउनुपर्नेमा ढकालले जोड दिएका छन् । उनले बैंकिङ र लघुवित्त सुधारको लागि र उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । राष्ट्र बैंकले कर्जा सीमा पुरानै कायम गर्ने र जोखिम भार सय प्रतिशतमा ल्याए मात्रै पनि पुँजीबजार चलायमान हुनेमा ढकालले विश्वास व्यक्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी