काठमाडौँ । प्राविधिक विश्लेषक अजयसिंह थापा (जय शम्भो)ले सेयर बजारमा करेक्सन आउँदा आत्तिनुनपर्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक प्रस्तुती ‘सेयरबाणी’ मा बोल्दै उनले बजार फण्डामेन्टल्ली हेर्दा पूर्ण रुपमा पोजेटिभ रहेकाले अहिले आउने करेक्सनमा आत्तिनुनपर्ने बताएका हुन् ।
यद्यपि अहिले नेप्से परिसूचकमा करेक्सन नआए पनि सेक्टरहरुमा करेक्सन आएको भन्दै हरेक करेक्सनलाई अवसरका रुपमा प्रयोग गर्नुपर्ने थापाको भनाई छ ।
त्यस्तै, थापाले अहिले बैंकहरुले निक्षेपको ब्याजदर थप घटाउनुले पनि सेयर बजारको माहोल झनै पोजेटिभ बनाएको बताएका छन् । ‘बैंकहरुले ब्याजदर घटाउनु राम्रो हो, बैंकमा पैसा राख्दा पाउने ब्याजभन्दा बजारले धेरै रिटर्न दिने भएपछि धेरैले बैंकको पैसा झिकेर सेयर बजारमा लगाउँछन् ।’, उनले भने, ‘यसले बजारलाई थप माथि लैजान मद्दत गर्छ ।’
साथै थापाले अहिलेको बजारमा सेयर बेचेर बसेकाहरु मात्रै पछुताइरहेको बताएका छन् । उनले ३२०० बिन्दुभन्दा मुनी बजारमा करेक्सन आवश्यक नभएको पनि उल्लेख गरेका छन् । थापासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्