×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ समितिको बैठकमा सांसदहरुको एउटै स्वर- ‘चेक बाउन्सको मुद्दामा जेल नकोचौँ, बरु पैसा उठाऔँ’  

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

अर्थ समितिको बैठकमा सांसदहरुको एउटै स्वर- ‘चेक बाउन्सको मुद्दामा जेल नकोचौँ, बरु पैसा उठाऔँ’  

Artha Sarokar

१४ भाद्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शुक्रबार बसेको अर्थ समितिको बैठकमा चेक बाउन्सको विषयमा वृहत छलफल भएको छ । सिंहदरबारमा आयोजित बैंकिङ कसुर तथा सजाय सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथिको दफावार छलफलमा चेक बाउन्सको विषयमा गहन छलफल भएको हो । 

छलफलमा अधिकांश सांसदहरुले चेक बाउन्सको मुद्दामा पीडकलाई जेल कोचेर मात्रै समस्याका समाधान नहुने बताएका छन् ।

हरेक कसुरमा वा अपराधमा पीडक वा अभियुक्तलाई जेल हालेर मात्रै समस्याको समाधान नहुने भन्दै सांसदहरुले चेक बाउन्सको मुद्दामा पनि पीडकलाई जेल कोच्ने भन्दा पनि कसरी पैसा उठाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै, हाल चेक बाउन्सको मुद्दामा कसुर बोकाउने र मुद्दा मामिला गराउने बाहेक अरु केही नहुने भन्दै यसमा संशोधन गरेर पीडितको पैसा उठाउनेतर्फ ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । साथै बैठकमा सांसदहरुले चेक बाउन्स गर्न सम्बन्धित जिल्लामै पुग्नुपर्ने प्रावधान रहेकोले यस्तो प्रावधान हटाउनुपर्ने पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी