काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डमा छिट्टै नयाँ अध्यक्ष आउने बताएका छन् । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले लामो समय बोर्ड नेतृत्वविहीन रहँदा धेरै काम रोकिएको भन्दै अब बोर्ड लामो समय नेतृत्वविहीन नरहने बताएका छन् ।
‘नेपाल धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ ।’, अर्थमन्त्री पौडेलले भने, ‘बोर्डमा अध्यक्ष नहुँदा अनेक समस्या थपिएका छन् । धेरै फाइलहरु रोकिएका छन् ।’
त्यस्तै, उनले लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्ड अब नेतृत्वविहीन अवस्थामै रहनुनपर्ने भन्दै बोर्ड नेतृत्वविहीन हुँदा देखिएका समस्या समाधान गर्ने पक्षमा सरकार रहेको उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्