काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुने चेक अनादरजस्ता कसुरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको ङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा उनले बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुने कसुरजन्य कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी बैङ्किङ्ग कसूर तथा सजाय विधेयक संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।
‘बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो ।’, पौडेलले भने ।
त्यस्तै, उनले विधेयक सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था विधेयकमा थप गर्न लागेको जानकारी दिएका छन् ।
‘सहकारी बैंकबाट हुने कारोबारलाई पनि बैङ्किङ्ग कारोबार बार मानेर सहकारी बैंकलाई पनि विधेयकमा समावेश गरी सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था यसमा थप गरिएको छ ।’, उनले थपे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्