काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरहरा सञ्चालनको जिम्मा महानगरलाई दिन आग्रह गरेका छन् । सहरी विकासमन्त्री प्रकाशमान सिंहसँगको भेटका क्रममा मेयर शाहले यस्तो आग्रह गरेका हुन् ।
उनले काठमाडौँको सुनधारास्थित धरहराको पार्किङ र सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिनु भन्दा महानगरलाई नै दिनु उचित हुने पनि बताएका छन् ।
साथै, निजी कम्पनीलाई धरहरा सञ्चालनको ठेक्का दिँदा जति रकम आउँछ, त्यसबापतको रकम काठमाडौँ महानगरले नै सरकारलाई तिर्ने मेयर शाहले उल्लेख गरेका छन् ।
मेयर शाहले मन्त्री सिंहसँग मन्त्रालयले धरहरा सञ्चालनको कार्यविधि तयार गरे महानगर त्यही कार्यविधि अनुसार नै धरहरा सञ्चालन गर्न तयार रहेको पनि बताएका छन् । उनले धरहरा सञ्चालनको जिम्मा निजी कम्पनीको सट्टा महानगरलाई दिँदा नागरिकले सस्तो र गुणस्तर सेवा पाउने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्