काठमाडौँ । आर्थिक मन्दीकाबीच चर्किएको विद्यार्थी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेपछि बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व डा. मुहम्मद युनुसले गर्ने भएका छन् । विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको थियो ।
प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका थिए ।
विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।
तर, पछिल्लो लामो समयदेखि उच्च मुद्रास्फिति, कमजोर विदेशी मुद्राको संचिति, खराब कर्जाको उच्च दबाब, कमजोर बैंकिङ प्रणाली तथा उत्कर्षमा पुगेको भ्रष्टाचार लगायतका समस्याको सामना गरिरहेको बंगलादेशमा आर्थिक मन्दीको असर नियन्त्रण गर्न भने चुनौति देखिएको छ ।
यद्यपि अन्तरिम सरकारले बंगलादेशको अर्थव्यवस्था सुधार तथा समस्या समाधानका लागि केही कठोर कदम चाल्नेमा विद्यार्थीहरुले विश्वास व्यक्त गरेका छन् । अर्थशास्त्रीहरुले पनि अहिलेको राजनीतिक परिवर्तनकाबीच नयाँ सरकारले मुलुकको अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्