×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यार्थी आन्दोलनको प्रेसरः बंगलादेशको केन्द्रीय बैंकका गभर्नरद्वारा राजिनामा, रित्तिदै सरकारी कार्यालय ! 

LAXMI SUNRISE BANK
GLOBAL

विद्यार्थी आन्दोलनको प्रेसरः बंगलादेशको केन्द्रीय बैंकका गभर्नरद्वारा राजिनामा, रित्तिदै सरकारी कार्यालय ! 

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बंगलादेशमा विद्यार्थी आन्दोलनको प्रेसरका कारण केन्द्रीय बैंकका गभर्नरले राजिनामा दिएका छन् । बुधबार केन्द्रीइ बैंकका डेपुटी गभर्नर काजी सइदुर रहमानले राजिनामा दिएका हुन् ।

रहमानसँगै केन्द्रीय बैंकका चार डेपुटी गभर्नर र वित्तीय गुप्तचर विभागका प्रमुखले राजिनामा दिएका छन् । 

विद्यार्थी आन्दोलन हिंसामा परिणत भएपछि केही दिनअघि प्रधानमन्त्री शेख हसिानाले पदबाट राजिनामा दिँदै देश छोडेरै भागेकी थिइन् । त्यसलगत्तै आन्दोलनरत विद्यार्थीहरुले विभिन्न सरकारी कार्यालयहरुमा पनि कब्जा गर्दै आएका छन् ।

विद्यार्थी आन्दोलनका कारण बंगलादेशका अधिकांश सरकारी कार्यालय खाली भएका छन् । हाल बंगलादेशमा महान्यायाधिवक्ता एएम अमिन उद्दिनले पनि व्यक्तिगत कारण देखाउँदै राष्ट्रपतिसमक्ष राजीनामा बुझाइसकेको छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी