×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारबारे अर्थमन्त्रीः ‘इन्साइडर ट्रेडिङ हुन दिदैनौँ, नेप्सेको सिष्टममा देखिएको समस्याको समाधान खोज्छौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारबारे अर्थमन्त्रीः ‘इन्साइडर ट्रेडिङ हुन दिदैनौँ, नेप्सेको सिष्टममा देखिएको समस्याको समाधान खोज्छौँ’

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा चलखेल हुन नदिने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

बैठकमा उनले सेयर बजार मुलुकको अर्थतन्त्रको आधारस्तम्भ रहेको भन्दै बजारलाई प्रभावित पार्ने खालका ‘इन्साइडर ट्रेडिङ’ रोक्न मातहतका निकायलाई निर्देशन दिइसकेको पनि बताएका छन् ।

त्यस्तै, अर्थमन्त्री पौडेलले सेयर बजारमा देखिएको सेयर किनबेचको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिएका छन् । केही दिनअघि नेप्सेमा कारोबार समयमै लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा सेयर बिक्री प्रक्रिया सफल हुने तर खरिद गर्दा ‘अटो रिजेक्ट’ हुने समस्या देखिएको थियो । उक्त समस्याबारे चौतर्फी गुनासो बढेपछि सो विषयमा पनि आवश्यक अध्ययन गर्न निर्देशन दिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

साथै अर्थमन्त्रीले सेयर कारोबार गर्दा कम्पनीको वित्तीय अवस्थाको विश्लेषण गरेर मात्रै लगानी गर्न पनि सेयर लगानीकर्तालाई सुझाव दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी