×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडाका नाममा बिवाईडीको ‘गतिछाडा’ हर्कत, ओलीलाई चुनौती दिँदै गाडी कम्पनीको ‘राष्ट्रघात’ ! (भिडियो) 

LAXMI SUNRISE BANK
GLOBAL

नाडाका नाममा बिवाईडीको ‘गतिछाडा’ हर्कत, ओलीलाई चुनौती दिँदै गाडी कम्पनीको ‘राष्ट्रघात’ ! (भिडियो) 

१३ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो चलिरहेको छ । धेरै अटो व्यवसायका लागि गाडी बिक्रीको कुम्भ मेलाका रुपमा लिईने नाडा अटो शो धेरै व्यवसायीका लागि भने औपचारिकताका लागि मात्रजस्तो देखिए पनि बिवाडीका लागि भने दशैं आईरहेको छ । बजारमा अरु गाडी प्रति आकर्षण नभएर हो वा, बिवाईडी गरेको आक्रामक प्रचारप्रसारले हो, नाडामा पनि मुख्य प्रायोजक नै छायाँमा पर्नेगरी बिवाईडीकै चर्चा छ ।

अन्तराष्ट्रिय बजारमा बिवाईडीको ट्रान्सपोर्ट इस्यु र गुणस्तरमा उठेका प्रश्नले बिक्री घटेको चर्चाका बीच नेपालमा यो गाडीले बजार पिटिरहेको छ । बिवाईडीको गुणस्तरमा अन्तराष्ट्रिय रुपमा धेरै गम्भीर खालका प्रश्न उठेका छन् । गाडीमा देखिएको समस्याका कारण हजारौं गाडी विदेशका वायर हाउसमा थन्किएका छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुले यो गाडीमा लजिष्टिक समस्या रहेको र उत्पादनमा पनि समस्या रहेको विषय उठान भईरहेका छन् । नेपालमा कर छलीको विषय अनुसन्धानमै छ । यति हुँदाहुँदै पनि बिवाईडीले गरेको आक्रामक बजारीकरणका कारण नेपालमा यसको चर्चा बढी छ ।

नेपालमा चर्चा गरिएजस्तो यो गाडीको गुणस्तर छ कि छैन ? विदेशमा यो गाडीमा देखिएका समस्या कुन रुपमा उठान भएका छन् ? विदेशी संचारमाध्यमले यो गाडीका डिफेक्ट के के औंल्याएका छन्, यो विषयमा हामी अर्को अंकमा चर्चा गरौँला । आज भने हामी देशकै भूमिमाथि धावा बोलेर बिवाईडीले चर्चाका आडमा गरेको राष्ट्र विरोधी गतिछाडा हर्कतको कुरा गर्दैछौं । देश, र आमाको बदनामी कसैका लागि सह्य हुँदैन । तर नाडाको ढाडमा बदनामीको ब्यानर झुन्ड्याएर बिवाईडीले नेपालीत्व माथि चरम अत्याचार गरेको छ । देशको अस्तित्वलाई नामेट गर्ने दुष्प्रयास गरेर, बिवाईडीले यो हरेक नेपालीको बेइज्जत गरेको छ । हो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले बढो दुख गरेर, सबैको सहमति भई तयार भएको चुच्चे नक्सालाई बुच्चे बनाएर बिवाईडीले मनपरीको सिमा नाघेको छ ।

नाडा अटो शोमा अवलोकनकर्ता छिर्ने बित्तिकै देखिनेगरी नेपालको पुरानो नक्सा राखेर बिवाईडीले ब्रान्डीङका नाममा राजनीति गरेको छ । चुच्चे नक्सा नै गायब बनाएर बदनियत राखेर उसले पुरानो नक्सालाई यसरी प्रचार गरिएको छ कि, नाडामा पुग्नेहरु भनिरहेका छन्, यो कम्पनी त देशद्रोही भएछ । हाम्रो भूमि नै नामेट पारेर कुन हदसम्मको मनपरी के बदनियत बोकेर गर्दैछ बिवाईडी ?

नेपालमा चुच्चे नक्सा प्रयोगमा आएको वर्षौं भईसक्यो । यसकारण पनि कम्पनी झुक्कियो होला भन्ने स्थिति रहँदैन । बजारमा नाम चलेको कम्पनीले बिवाईडीको काम गरिरहेको छ । उसले त नक्सामात्रै पनि दिनमै दर्जनौं डिजाइन गर्छ होला । यसकारण पनि झुक्किएर यस्तो भएको हुनसक्ने स्थिति छैन । त्यसैले पनि आशंका यस्तो उठ्नु स्वाभाविक छ, कि बिवाईडीले चिनियाँ मालको व्यापार गर्दा पाएको राजनीतिक दुखसँग हाम्री आमा नेपालको अस्तित्वमाथि नै व्यापार गरिरहेको छ ।

नाडा अटो शोका लागि आयोजकले काठमाडौँ महानगरपालिकाको स्वीकृति लिएको छ । तर के काठमाडौँ महानगरले बिवाईडीमाथि अव एक्सन लिनुपर्दैन ? के देशको अस्तिव माथि धावा बोलिरहँदा काठमाडौँ महानगर चुप बस्न सक्छ ? बस्न हुन्छ ? हाम्रो प्रश्न काठमाडौँ महानगरलाई । नाडाले हजारौं अवलोकनकर्ताहरुले अटो शो भ्रमण गरिरहेको दाबी गरेको छ । यस्तो शोलाई टार्गेट बनाएर कसको स्वार्थमा बिवाईडीले यस्तो गन्धा काम गरिरहेको छ ? के अव यसको खोजी हुनुपर्दैन ?

बिवाईडीले जे गरेको छ, त्यो हाम्री आमा नेपाल प्रतिको अपमान हो । त्यसैले पनि जसले आफ्नो जन्मभूमिलाई अलिकति पनि माया गर्छ भने यो बिवाईडीप्रति कठोर हुनैपर्छ । करोडौं खर्च गरेर, दर्जनौं मान्छेहरु लगाएर आयोजना भएको यति ठुलो शोका कार्यकर्ताहरुले नेपालित्वमाथिको यति ठुलो अपमान देखेनन् होला ? की देखेर पनि नदेखेझैं गरे होला ? ठ्याक्कै भित्र छिर्ने बित्तिकै राखिने ब्यानरमा नेपालको पुरानो नक्सा राखिनुको कारण के होला ? यस विषयमा आयोजक नाडालाई काठमाडौँ महानगरले प्रश्न गर्नुपर्छ । नेपालको चुच्चे नक्साका लागि खुब मेहेनत गरेका केपी ओली प्रधानमन्त्री छन्, उनले पनि यस विषयमा एक्सन लिनुपर्छ । संविधान संसोधन गरेर चुच्चे नक्सा हटाईदैछ भन्ने हल्ला चलेका बेला बिवाईडीको ब्यानरमा जे हर्कत गरिएको छ, त्यसलाई संयोग मात्र मानिनुहुँदैन । हुँदै हुँदैन ।

यदी बदनियत थिएन भने, बिवाईडी वितरक कम्पनीले सार्वजनिक रुपमा माफी मागेर सो ब्यानर हटाउनुपर्छ । होइन भने नाडाले नै बिवाईडीलाई शो बाट हटाउनुपर्छ । नाडाले यति गर्दैन भने, काठमाडौँ महानगरले आफैं सो ब्यानर हटाएर बिवाईडी वितरक कम्पनीलाई कारवाही गर्नुपर्छ । किनकि आमा र जन्मभूमि भन्दा ठुलो केही हुनै सक्दैन । जननी जन्मभूमिश्चः स्वर्गादपी गरिएसी भनेर त्यसै भनिएको कहाँ हो र ? (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी