×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ वर्षमा डिम्याट खाता खोल्नेको संख्या साढे ५ लाखले बढ्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१ वर्षमा डिम्याट खाता खोल्नेको संख्या साढे ५ लाखले बढ्यो 

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार बढ्न थालेसँगै डिम्याट खाता खोल्नेहरु पनि बढेका छन् । झण्डै तीन वर्ष लामो बियरिसपछि बढ्न थालेको बजारमा नयाँ डिम्याट खाता खोल्नेहरु पनि बढेका हुन् । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार पछिल्लो १ वर्षमा मात्रै ५ लाख ७१ हजार डिम्याट खाता खुलेका छन् । 

सीडीएससीका अनुसार गत वर्ष २०८० असार मसान्तसम्म डिम्याट खोल्नेको संख्या ५७ लाख ३९ हजार ९ सय ७३ जना रहेको थियो । तर, २०८१ असार मसान्तसम्म आइपुग्दा यो सख्ंया बढेर ६३ लाख ११ हजार ७ सय ५ पुगेको छ । अर्थात पछिल्लो १ वर्षमा मात्रै डिम्याट खाता खोल्नेको संख्या ९.३० प्रतिशतले बढेको छ । 

२०८१ असार मसान्तसम्म डिम्याट खोल्ने पुरुषको संख्या ३६ लाख २७ हजार ८ सय ५३, महिलाको संख्या २६ लाख ७६ हजार ३ सय १४, कर्पोरेटतर्फ ७ हजार ४ सय ९१ र अन्य ४७ जना रहेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी