×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको संचालकबाट सुरकृष्ण बैध ‘आउट’, पूर्व आर्थिक पत्रकार अवस्थी बने महासंघका तर्फबाट संचालक !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको संचालकबाट सुरकृष्ण बैध ‘आउट’, पूर्व आर्थिक पत्रकार अवस्थी बने महासंघका तर्फबाट संचालक !

Artha Sarokar

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यबाट सुरकृष्ण बैधलाई फिर्ता बोलाएको छ भने पूर्व आर्थिक पत्रकारसमेत रहेका महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई संचालक सिफारिस गरेको छ ।

महासंघका अध्यक्ष चन्द्र ढकाले गत शुक्रबार महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन् ।

अवस्थी महासंघका तर्फबाट धितोपत्र बोर्डको संचालक हुने अन्तिम प्रतिनिधि हुने सम्भावना बढी छ । सरकारले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य बोर्डमा रहने व्यवस्था हटाउन लागेको छ भने महासंघले यहि बेला अवस्थीलाई बोर्ड पठाएको छ ।

अवस्थी पुराना र कहलिएका आर्थिक पत्रकार हुन् । आर्थिक पत्रकारितामा धेरैका आदर्श पात्र अवस्थी लामो समय कान्तिपुरमा आवद्ध थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी