×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा दुर्लभ देखिने डल्फिन हेर्न कैलालीमा पर्यटकहरुको भीड, संरक्षणमा चुनौती (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

नेपालमा दुर्लभ देखिने डल्फिन हेर्न कैलालीमा पर्यटकहरुको भीड, संरक्षणमा चुनौती (फोटो-कथा)

१२ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । नदीमा पानीको सतह बढेसँगै कैलालीको कर्णाली नदीका सहायक नदी मोहना, पथरिया, काँढा, कान्द्रा, गौरिनालारेप्तीनालामा डल्फिन देखिन थालेका हुन् ।

कैलालीका नदीमा देखिने डल्फिनलाई स्वाँसु, सुससोंस पनि भन्ने गरिन्छ । यो डल्फिन असार, साउन, भदौ र असोज महिनासम्म कैलालीका नदीमा देखिने गर्छ ।

झण्डै १० वर्षदेखि कैलालीका नदीमा देखिन थालेको डल्फिन वर्षायाम सुरु भएसँगै नदीमा देखिने गर्छन् । गत असारदेखि नदीमा डल्फिन देखिन थालेपछि डल्फिन हेर्नेहरुको भीड लाग्नेगरेको स्थानीयले बताएका छन् । विश्वको सबैभन्दा नजिकबाट डल्फिन अवलोकन गर्न सकिने कैलालीका नदीमा डल्फिन हेर्नकै लागि बाह्य तथा आन्तरिक पर्यटकहरु आउने गर्छन् । 

हाल कैलालीको मोहना, पथरिया नदीमा करिब ३० वटा डल्फिन रहेका छन् भने जसमध्ये करिब १२ वटा डल्फिनका बच्चा रहेका छन् । कैलालीका नदीमा भएका विश्वकै दुर्लभ डल्फिनको संरक्षणका लागि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल स्थापना गरिएको छ । हाल उक्त समितिले कैलालीका नदीमा डल्फिन संरक्षणमा भूमिका खेल्दै आएको छ । तर, डल्फिन संरक्षणमा प्रयाप्त पहल भने हुन सकेको छैन । डल्फिनको आहारा माछा नै हो, तर कैलालीमा डल्फिन देखिने नदीमा ‘ओभर फिसिंग’को समस्या छ । अर्कोतर्फ डल्फिन संरक्षणमा सम्बन्धित निकायले खास चासो नदिंदा डल्फिन संरक्षणमा चुनौती देखिएको स्वयम् पर्यटकहरुले बताउने गरेका छन ।  

कैलालीका नदीमा देखिएको डल्फिनलाई अर्थ सरोकारकर्मी कुलराज चौधरीले क्यामरामा कैद गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी