काठमाडौँ । मंगलबार रातीदेखि परेको अविरल वर्षाका कारण कैलालीका अधिकांश डुबानमा परेका छन् । अझ कैलालीको कैलारी गाउँपालिकाका प्रायः सबै गाउँहरु पूर्ण रुपमा डुबेका छन् ।
रातीदेखि परेको भीषण वर्षापछि कटैनी नदीमा पानीको बहाव बढ्दा नदीमा आएको बाढी गाउँमा पसेको थियो ।
बाढी गाउँमा पसेसँगै कैलारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा परेका छन् । गाउँ मात्र नभएर बाढीका कारण हुलाकी सडक पनि डुबेको छ । अझ सडकको कतिपय भागमा बाढीकै कारण क्षतिसमेत भएको छ । बाढीको वितण्डापछि अहिले डुबानमा परेका गाउँका नागरिकहरू सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।
अचानक आएको बाढीले गाउँपालिकाभित्र रहेको अधिकांश घरधुरी डुबेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताएका छन् । हाल गाउँपालिकाका जनप्रतिनिधिसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका टोलीहरु उद्धारमा खटिएका छन् । तस्वीरमा हेर्नुहोस् अर्थ सरोकारकर्मी कुलराज चौधरीले ड्रोनबाट कैद गरेको डुबानमा परेका गाउँको अवस्थाः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्