काठमाडौँ । मंगलबार रातीदेखि परेको अविरल वर्षाका कारण कैलालीका अधिकांश डुबानमा परेका छन् । अझ कैलालीको कैलारी गाउँपालिकाका प्रायः सबै गाउँहरु पूर्ण रुपमा डुबेका छन् ।
रातीदेखि परेको भीषण वर्षापछि कटैनी नदीमा पानीको बहाव बढ्दा नदीमा आएको बाढी गाउँमा पसेको थियो ।
बाढी गाउँमा पसेसँगै कैलारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा परेका छन् । गाउँ मात्र नभएर बाढीका कारण हुलाकी सडक पनि डुबेको छ । अझ सडकको कतिपय भागमा बाढीकै कारण क्षतिसमेत भएको छ । बाढीको वितण्डापछि अहिले डुबानमा परेका गाउँका नागरिकहरू सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।
अचानक आएको बाढीले गाउँपालिकाभित्र रहेको अधिकांश घरधुरी डुबेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताएका छन् । हाल गाउँपालिकाका जनप्रतिनिधिसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका टोलीहरु उद्धारमा खटिएका छन् । तस्वीरमा हेर्नुहोस् अर्थ सरोकारकर्मी कुलराज चौधरीले ड्रोनबाट कैद गरेको डुबानमा परेका गाउँको अवस्थाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्