×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको ई-कमर्स क्षेत्रमा तीव्र वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL

भारतको ई-कमर्स क्षेत्रमा तीव्र वृद्धि

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतको ई-कमर्स क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको छ । सन् २०२४ को अन्त्यसम्ममा यो क्षेत्र आईएनआर ४४१६ .६८ बिलियनसम्म पुग्ने अनुमान गरिएको छ । त्यस्तै, सन् २०२९ सम्ममा वार्षिक वृद्धि दर ११.४५ प्रतिशतले बढेर आईएनआर ७५९१ .९४ बिलियन पुग्ने प्रक्षेपण गरिएको छ ।

भारतमा ई-कमर्सको वृद्धि तीन प्रमुख कारणले सम्भव भएको हो । जसमध्ये पहिलो इन्टरनेटको पहुँच, दोस्रो स्मार्टफोनको प्रयोग र तेस्रो बढ्दो आम्दानी हो । 

भारतमा अहिले इन्टरनेट प्रयोगकर्ताको संख्या ९०० मिलियन भन्दा बढी छ । उल्लेखनीय रूपमा ई-कमर्सको वृद्धि केवल महानगरहरूमा मात्र सीमित छैन, बरु दोस्रो, तेस्रो र चौथो श्रेणीका सहरहरूमा पनि विस्तार भएको छ ।

सन् २०२५ सम्ममा भारतीयहरूले ई-कमर्समा १४०-१६० डलर बिलियन खर्च गर्ने अनुमान गरिएको छ । जसमा प्रमुख भूमिका साना सहरहरूको रहनेछ । पछिल्लो समय भारत विश्वव्यापी ई-कमर्समा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने योजनामा छ । सरकारले निर्यात बढाउन ई-कमर्स हबहरूको स्थापना गर्ने घोषणा गरेको छ । यी हबहरूले निर्यात समन्वय, भण्डारण, कस्टम क्लियरेन्स जस्ता सेवाहरू प्रदान गर्नेछन् ।

ई-कमर्स क्षेत्रको उल्लेखनीय वृद्धि प्राविधिक नवप्रवर्तनले सम्भव भएको हो । उच्चस्तरीय एल्गोरिदमको प्रयोग र डाटा एनालिटिक्सले उपभोक्ता मागको भविष्यवाणी गर्दै, स्टक व्यवस्थापनलाई प्रभावकारी बनाएको छ । यसरी भारतको ई-कमर्स क्षेत्रमा तिव्र वृद्धि आर्थिक र सामाजिक कारकहरूको परिणाम हो । जसले देशको समग्र आर्थिक विकासमा ठूलो योगदान पुर्याएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी