×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवामा ‘लिंक गरिएको बैंक खाता नै रित्याईदिन सक्ने’ मालवेर अट्याक भएको आशंका, राष्ट्र बैंकको चासो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

इसेवामा ‘लिंक गरिएको बैंक खाता नै रित्याईदिन सक्ने’ मालवेर अट्याक भएको आशंका, राष्ट्र बैंकको चासो !

Artha Sarokar

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवामा समस्या देखिएपछि प्रयोगकर्ताहरु आत्तिएका छन् । इसेवामा समस्या मात्र नभई लिंक गरिएको बैंक खाता नै रित्याईदिन सक्ने मालवेर अट्याक भएको आशंकासहितका चर्चा हुन थालेपछि प्रयोगकर्ताहरु झन् आत्तिएका हुन् । आत्तिएका प्रयोगकर्ताले बैंक खाता अनलिंक गर्ने, एप नै अनस्टल गर्ने लगायतका कामलाई तिब्रता दिएका छन् ।
इसेवामा लिंक गरिएको बैंक खाता नै रित्याईदिन सक्ने मालवेर अट्याक भएको दाबी केहि इसेवाका कर्मचारीहरुले नै गरेका छन् । यद्यपी इसेवाले भने त्यस्तो गम्भीर विषय केहि नरहेको, मालवेर अट्याक नभएको बरु केहि प्राविधिक समस्या भएको दाबी गरेको छ । तर, केचाहिं समस्या आएको हो भन्ने विषय इसेवाले नखुलाउँदा कम्पनीको दाबीमा विश्वासको संकट देखिएको छ ।
राष्ट्र बैंकको चासो !
इसेवामा पटक पटक समस्या आएपछि राष्ट्र बैंकले चासो दिएको छ । राष्ट्र बैंकका अधिकारीहरुले इसेवालाई यस विषयमा सोधनी गरेका छन् । इसेवाले भने प्राविधिक समस्याका कारण केहि सेवा अवरुद्ध भएको भन्ने जवाफ राष्ट्र बैंकका अधिकारीहरुलाई दिएको राष्ट्र बैंकका एक अधिकारीले अर्थ सरोकारलाई बताए । ‘पटक पटक किन यस्तो हुन्छ भनेर हामीले इसेवालाई सोधेका थियौँ । उसले प्राविधिक समस्या देखाएको छ ।’ राष्ट्र बैंकका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘राष्ट्र बैंकले इजाजत दिएको सेवामा समस्या आउने विषय सिरियस विषय हो । यसलाई हामीले सिरियसली लिएका छौँ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी