×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राविधिक समस्या समाधान भएको इसेवाको दाबी, तर अझै चलेनन् थुप्रै फिचर, प्रयोगकर्ता अझै असुरक्षित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्राविधिक समस्या समाधान भएको इसेवाको दाबी, तर अझै चलेनन् थुप्रै फिचर, प्रयोगकर्ता अझै असुरक्षित !

Artha Sarokar

३ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवाले आफ्नो सिष्टममा आएको समस्या समाधान भएको दाबी गरेको छ । पटक पटक समस्या आईरहने इसेवाले आफ्नो सिष्टममा आएको केहि फिचरहरु नचल्ने समस्या समाधान भएको दाबी गरेपनि एपमा केहि फिचरहरु पनि चलिरहेका छैनन् ।
इसेवाले समस्याको समाधान भएको दाबी गरेको भोलिपल्ट (आज विहान) सम्म कतिपय ठाउँमा इसेवाबाट भुक्तानी नै भएको छैन भने कतिपयले इसेवाबाट भुक्तानी पाईरहेका छैनन् । एपीआईमार्फत भुक्तानी लिईरहेकाहरुमा पनि भुक्तानी नआउने, आउँदा पनि निकै ढिलो आउने लगायतका समस्या देखा परिरहेका छन् ।
इसेवाका अन्य सेवामा पनि ‘इरर’ सन्देश आईरहेका छन् ।
इसेवामा लिंक गरिएको बैंक खाता नै रित्याउन सक्ने मालवेर सिष्टममा प्रवेश गरेको चर्चा चुलिएपछि आत्तिएका प्रयोगकर्तामध्ये धेरैले इसेवा अनस्टल गरिरहेका छन् । यसको प्रत्यक्ष फाइदा अन्य सेवा प्रदायकहरुलाई परिरहेको छ । त्यसमाथि सबै फिचर राम्रोसँग चल्न नथाल्दै अनस्टल रोक्न हतारोको सूचना प्रकाशन गरेको इसेवा नचल्दा प्रयोगकर्ताहरु थप रुष्ट बनेका छन् ।
प्रयोगकर्ता अझै असुरक्षित !
इसेवाले समस्या समाधान भईसकेको भने पनि कुन समस्या आएको थियो र कहिले कसरी समाधान भयो भन्ने उल्लेख गरेको छैन । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने, यसरी पेमेन्ट गेटवेमा के समस्या आयो र कसरी समाधान भयो भन्ने स्पष्ट उल्लेख गर्ने चलन छ । तर नेपालमा नियामक नेपाल राष्ट्र बैंकले समेत दिनुपर्नेजति चासो नदिएका कारण इसेवाले सो विवरण लुकाउने गरेको छ । यसका कारण, इसेवामा लिंक गरिएको बैंक खाता नै रित्तिनेगरी मालवेर अट्याक भएको चर्चालाई बल पुगेको छ ।
यद्यपी नेपाल राष्ट्र बैंकका अधिकारीहरुले इसेवाको समस्याबारे आफुहरुले चासो दिईरहेको दाबी गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी