काठमाडौँ । सबैभन्दा बढी समस्या आउने इसेवामा एक महिनाको अन्तरालमै आधा दर्जन पटक समस्या आएको पाइएको छ । घरी प्ले स्टोरबाटै हराउने, घरी विभिन्न फिचरहरु नचल्ने, घरी पेमेन्ट गर्न नमिल्ने, घरी गरिएको पेमेन्ट पाउनुपर्नेले नपाउने, लगायतका समस्या आउँदा पनि त्यसको उचित समाधान नगरी समाधान भयो भन्ने सूचना प्रवाह गर्दा इसेवाप्रति जनताले गरेको विश्वास घट्दै गएको पाइएको हो ।
इसेवाले सेवा सूचारु भएको जानकारी दिन गरेको पोष्टमा ग्राहकले इसेवा अनस्टल गरेको, ब्यालेन्स रित्याएको लगायतका स्क्रिनशट नै राखेका छन् । कमेन्ट गरेकामध्ये ९० प्रतिशतभन्दा बढीले इसेवा अव काम छैन भन्ने आशय व्यक्त गरेका छन् । अझ कतिपय ग्राहकहरुले त इसेवाले समयमा सूचना नदिँदा आफुले पसलमा बेइज्जती खेप्नुपरेकोसमेत बताईरहेका छन् ।
फेरि समस्या आउने पक्का !
इसेवाले आइतबार देखिएको प्राविधिक समस्या समाधान भएको बताए पनि इसेवाको एप र पूर्ण प्रणालीमै सबै समस्या समाधान भईनसकेको इसेवाका कर्मचारीहरुको दाबी छ ।
‘हिजो कोहि समस्या समाधान गरेपछि सूचना निकालिएको हो । सबै समस्या समाधान भएको छैन ।’ इसेवामा कार्यरत एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘इसेवामा फेरि समस्या आउने लगभग पक्कापक्की छ । अघिल्लो पटक समस्या आउँदा पनि मैले फेरी समस्या आउँछ भनेको थिएँ । आखिर, त्यस्तै भयो । फेरी समस्या आउने पक्कापक्की छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्