काठमाडौँ । इसेवा फेरी बिग्रिएको छ । इसेवाले एक सूचना नै जारी गरेर आफ्ना केहि सेवाहरु अवरुद्ध भएको जानकारी गराएको हो । यसअघि पनि इसेवा पटक पटक बिग्रिएको थियो भने एक पटक त गुगल प्ले स्टोरले इसेवा हटाईदिएकोसमेत थियो । पुन: इसेवामा समस्या देखिएको छ ।
प्राविधिक जानकारहरुका अनुसार इसेवाको आन्तरिक प्रणालीमै समस्या छ । यति हुँदा पनि नियामक नेपाल राष्ट्र बैंकले चासो नदेखाएको गुनासो भईरहँदा इसेवा भने केहि समयमै आफ्ना समस्याहरु समाधान हुनेगरी काम गरिरहेको दाबी गर्छ ।
प्राविधिक जानकारहरुका अनुसार इ सेवाले यस्तो समयमा के समस्या भएको भन्ने यकिन तथ्य बाहिर सार्वजनिक गर्नुपर्थ्यो । ग्राहकले आफ्नो महत्वपूर्ण बैंक खातासमेत लिंक गरेका हुनाले त्यस्ता खाताहरु रित्तिनसक्ने, ह्याक हुन सक्ने जोखिमसमेत रहेको जानकारहरुको दाबी छ । ‘इसेवामा बैंक खाता लिंक गरिएको हुन्छ । यदी सो लिंक प्रणालीमै समस्या आएको हो भने त बैंक खाता ह्याक हुने सम्भावनासमेत रहन्छ ।’ एक प्राविधिक जानकारले अर्थ सरोकारसँग भने, ‘राष्ट्र बैंक यस विषयमा सचेत नहुनु दुखद् विषय हो ।’
विदेशमा यस्ता पेमेन्ट गेटवेहरुमा समस्या हुँदा नियामकको विशेष चासो हुने गर्छ । तर नेपालमा एक महिनामा नै पटक पटक समस्या आउँदा पनि खासै चासो देखाईने गरेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्