×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिनहुँ समस्यामा पर्न थालेपछि पठाओ राइडर र रेष्टुरेन्टहरु भन्न थाले-‘नो इसेवा प्लीज’ !

LAXMI SUNRISE BANK
GLOBAL

दिनहुँ समस्यामा पर्न थालेपछि पठाओ राइडर र रेष्टुरेन्टहरु भन्न थाले-‘नो इसेवा प्लीज’ !

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तिनकुनेस्थित एक होटलमा खाजा खाईसकेपछि सुबिना ज्ञवाली (नाम परिवर्तन)ले इसेवामार्फत बिल तिर्न खोजिन् । तुरुन्त जवाफ आयो- ‘नो इसेवा प्लीज । इ सेवा चलेकै छैन ।’ त्यसपछि उनले आफ्नो अर्को बैंक खाताबाट बिल तिरिन् ।

उनै ज्ञवाली त्यहाँबाट पठाओ बुक गरेर भक्तपुरतिर पुगिन् । इ सेवामा समस्या आएको बारे सुनेकी उनले क्रस भेरिफाई गर्न खोजिन् र सोधिन्- ‘इसेवाबाट पेमेन्ट हुन्छ ?’
पठाओ राइडरले मोटरसाइकल केहि स्लो गरेर भने -‘इसेवा त चलेकै छैन । क्यास दिनु न हुन्न ?’
ज्ञवाली त एक प्रतिनिधि उदाहरण मात्र हुन्, इ सेवामा दिनहुँजस्तो समस्या देखिएपछि अहिले धेरै रेष्टुरेन्टहरुले इसेवाबाट पेमेन्ट सकेसम्म नगर्न आग्रह गरिरहेका छन् । आज त झन् इ सेवाले सूचना नै जारी गरेर आफ्ना विभिन्न सेवाहरु अवरुद्ध भएको स्वीकार गरेको छ ।
यति गम्भीर विषयमा पनि इसेवाले लापरवाही गरेको छ । कम्पनीले इसेवामा कुन र कस्तो समस्या देखिएको भन्ने जनाएको छैन । धेरैले इसेवाभित्र बैंक खाता नै रित्याईदिने खालको मालवेर अट्याक भएको चर्चा गरिरहेका छन् । इसेवाले यो चर्चाको खण्डनसमेत गरेको छैन ।
यता नेपाल राष्ट्र बैंकले भने इसेवामा समस्या देखिएको बारे चासो देखाएको छ । यद्यपी इसेवाले राष्ट्र बैंकलाईसमेत झुट बोलेर समस्या समाधानका लागि लागिरहेको इसेवा स्रोतकै दाबी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी