×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवामा समस्या आएपछि अनस्टल गर्नेहरु ह्वात्तै बढे, खल्ती, आइएमई पे र मोरुमा सिफ्ट भए ग्राहक !

LAXMI SUNRISE BANK
GLOBAL

इसेवामा समस्या आएपछि अनस्टल गर्नेहरु ह्वात्तै बढे, खल्ती, आइएमई पे र मोरुमा सिफ्ट भए ग्राहक !

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवामा पटक पटक समस्या आउन थालेपछि इसेवा नै अनस्टल गर्नेहरु ह्वात्तै बढेका छन् । पटक पटक समस्या आउने, रेष्टुरेन्टहरुले सकेसम्म इसेवाबाट पेमेन्ट नगर्नु भन्ने र बैंक खाता नै रित्तिन सक्ने जोखिम देखेपछि ग्राहकहरुले इसेवा भकाभक अनस्टल गर्न थालेका हुन् ।

इसेवाबाट बाहिरिएका ग्राहकहरु खल्ती, आईएमई पे र मोरुमा बढी सिफ्ट भएको देखिएको छ । इसेवा समस्यामा हुँदा सबैभन्दा बढी फाइदा खल्ती डिजिटल वालेटलाई भएको छ भने त्यसपछि आईएमई पे र मोरु डिजिटल वालेटमा ग्राहकहरु झुम्मिएका छन् ।
इसेवामा यसअघि पनि पटक पटक समस्या आएको थियो । यतिसम्मकि एक गुगल प्ले स्टोरले इसेवालाई आफ्नो प्लेटफर्मबाट हटाएको थियो ।
इसेवाले दीर्घकालीन समाधान नखोज्दा र सस्तोमा मर्मतमात्र गर्दा थप समस्या आएको इसेवाकै कर्मचारीहरु बताउँछन् । हाल इसेवाका १ करोड बढी ग्राहक भएको दाबी कम्पनीको छ । आज समस्या आएपछि १ लाख भन्दा बढीले इसेवा एप अनस्टल गर्ने आंकलन स्वयम् इसेवाका कर्मचारीहरुले गरेको त्यहाँ कार्यरत कर्मचारीहरु दाबी गर्छन् ।
प्राविधिक क्षेत्रका जानकारहरु पनि यस्तो जोखिमपूर्ण समयमा केहि समयका लागि इसेवाबाट टाढै रहनु राम्रो हुने दाबी गर्छन् । पटक पटक बिग्रिरहने इसेवामा पुन: समस्या देखिएपछि राष्ट्र बैंकलेसमेत विशेष चासो देखाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी