काठमाडौँ । सोमबार रातीदेखि परेको वर्षाका कारण बागमती कोरिडोर क्षेत्र फेरि डुबानमा परेको छ । उपत्यकाका विभिन्न स्थान कुलेश्वर, टेकु, कालिमाटी, थापाथली, च्यासल लगायतका क्षेत्रमा अहिले बाढीको वितण्डा छ ।
नदी वरपरका बस्तीमा पसेको बाढीका कारण सयौँ परिवार तनावमा छन् । वर्षाका कारण काठमाडौंका धेरै स्थान जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ ।
मौसम पुर्वानुमान महाशाखाले आज र भोली भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कर्ता अपनाउन आग्रह गरेको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :