×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाईजात्राको रौनकः बसन्तपुरमा बालबालिकाको अनौठो भेष, कोही गाई बने, कोही जोगी… (फोटो-कथा) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गाईजात्राको रौनकः बसन्तपुरमा बालबालिकाको अनौठो भेष, कोही गाई बने, कोही जोगी… (फोटो-कथा) 

Artha Sarokar

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुनेगर्छ । दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् । 

काठमाडौँ उपत्यकामा नेवार समुदायको बाहुल्यता बढि भएकाले पनि काठमाडौँमा गाईजात्रा पर्व विशेष रुपमा मनाइन्छ । 

गाईजात्रा पर्वकै अवसरमा मंगलबार (आज) काठमाडौँको बसन्तपुर र हनुमानढोका क्षेत्रमा पनि पर्वको खास रौनक देखिएको छ । यस पर्वमा बालबालिकालाई गाईको नक्कल गर्न लगाएर नगर परिक्रमा गर्न लगाउने परम्परा अनुसार बालबालिकाहरुलाई विभिन्न पोशाकमा श्रृङगार गरेर गाईको नक्कल गर्न लगाइँदैछ । 

मंगलबार बिहान बसन्तपुर र हनुमानढोका क्षेत्रमा बालबालिकालाई कसैले गाईको मुकुट लगाइदिएका छन् भने कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा उतारेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी