काठमाडौं । भक्तपुरमा आठ दिनसम्म मनाईने गाईजात्रा पर्व सुरु भएको छ । सोमबार तलेजुको पूजागरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको हो ।
गाईजात्रा पर्वका अवसरमा भक्तपुरमा नेवार समुदायले आज (मंगलबार) बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाच प्रदर्शन गर्दै गाइजात्रा मनाएका छन् ।
दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् । बाँकी तस्वीरमा हेर्नुहोस् :