Skip to content
LAXMI SUNRISE BANK

जिबी राईमाथि अनुसन्धान गर्न प्रहरीको टोली मलेसिया जाँदै !  

अर्थ सरोकार

काठमाडौँ । बचतकर्ताको १६ अर्ब भन्दा बढी रकम ठगेर फरार गितेन्द्रबाबु राई (जिबी राई) माथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया जाने भएको छ । सहकारी ठगी प्रकरणका ‘नाइके’समेत भनिएका राईमाथि अनुसन्धान गर्न प्रहरीको टोली मलेसिया पठाउनेबारे प्रहरी प्रधान कार्यालयले तयारी थालिसकेको छ । 

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले राईमाथि अनुसन्धान गर्न प्रहरी टोली मलेसिया पठाउनेबारे सहजीकरण गर्न गृह मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ । 

गृह मन्त्रालयमा पठाइएको पत्रमा राईमाथि अनुसन्धान गर्नका लागि दुई जना प्रहरी अधिकारीलाई मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरिएको गृह मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन् । 

ती अधिकारीका अनुसार पटकपटक मलेसियामा लुकेर बसेका राईलाई नेपाल फिर्ता गर्न आग्रह गर्दा पनि मलेसिया सरकारले त्यसतर्फ चासो नदेखाएपछि थप अनुसन्धान गर्न तथा राईलाई फिर्ता ल्याउनका लागि नेपाल प्रहरीको टोली मलेसिया पठाउनुपर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसो त राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन प्रहरी प्रधान कार्यालयले यसअघि पनि गृहमा पत्राचार गरेको थियो । तर, नेपाल प्रहरीको टोली मलेसिया पठाउनेबारे निर्णय हुन नपाउँदै सरकार फेरिएपछि पुनः गृह मन्त्रालयमा थप प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन् । गृहले समेत प्रहरी प्रधान कार्यालयको पत्रलाई सकारात्मक रुपमा लिएको र त्यसबारे थप तयारी गरिरहेको बुझिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK