Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी, सहजै शैक्षिक कर्जा प्रदान गरिने

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।

उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।

समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गए पश्चात् विद्यार्थीहरुले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK