×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार नाघ्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार नाघ्यो

Artha Sarokar

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १८१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३० हजार ८ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५५२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी