काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले घटेर एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३० हजार ४ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६०.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।