×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५३ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५३ हजार रुपैयाँ

५ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यसआघि गत भदौ २ गते सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो । सो दिन सुनको मूल्य एकैदिन तीन हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको थियो । दिनानुदिन नयाँ रेकर्ड बनाईरहेको सुनको मूल्य छिट्टै दुई लाख पुग्ने जानकारहरुले बताएका छन् ।  अन्तराष्ट्रिय बजारमा समेत सुनको माग ह्वात्तै बढ्नुले नेपालमा पनि त्यसको असर परिरहेको छ ।

यता सुनको भाउ आकसिँदा नक्कली गहनामा ग्राहकहरुको आकर्षण बढ्दै गएको पाइएको छ । पछिल्लो समय सक्कली सुनको मूल्य दैनिकजसो बढ्न थालेपछि निम्न तथा मध्यम वर्गियको रोजाईमा ग्यारेन्टेड नक्कली सुनको गहना पर्न थालेका छन् । जसले सुन पसलहरुमा सक्कली सुनको बिक्री घट्दा नक्कली सुनको भने बिक्री बढेको छ । विशेषगरी तीजका कार्यक्रमहरुमा जानका लागि नक्कली सुन किन्नेहरुको संख्या ह्वात्तै बढेको हो ।

झट्ट हेर्दा सक्कलीजस्तै देखिने, हराए पनि डर नहुने, र हत्तपत्त कसैले पनि सो सुन नक्कली भनिहाल्न नसक्ने हुनाले पनि नक्कली सुन किन्नेहरु बढेका हुन् ।

यता सुन सँगसँगै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १८३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३१ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५७३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी