Skip to content
LAXMI SUNRISE BANK

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर एक लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३१ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK