काठमाडौँ । पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भनिन्छ । समुन्द्र सतहबाट करिब ४,३८० मिटरको उचाइमा अवस्थित सो कुण्डमा दशहरा र जनैपूर्णिमा गरि वर्षमा दुई पटक मेला लाग्ने गर्छ । यसवर्ष यही भदौ ३ गते परेको जनैपूर्णिमाका लागि श्रद्धालुहरु सो क्षेत्रतिर हिँडिसकेका छन् ।
यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि रहेका छन् । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ, साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ ।
धार्मिक दृष्टिकोणबाट गोसाइँ भगवान शिवले समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा गंगाजल (त्रिशुल धारा) उत्पति भएपछि कुण्डमा शयन गरि चिसो पानीद्वारा विषको डाह शान्त पारेको हुँदा गोसाइँकुण्डमा त्रिशूल धाराको पानी गोसाई महादेवलाई सिंचन गर्न गएको किंवदन्ती छ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्यो भन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् ।
त्रिशूली नदिको उद्गम स्थल त्रिशूल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुङगी तथा जडीबुटी आदि सो क्षेत्रको आकर्षणको रुपमा रहेको छ ।
काठमाडौँबाट विभिन्न बाटो हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौँबाट धुन्चे हुँदै धुन्चेबाट पैदल यात्राबाट पुग्न सकिने गोसाइँकुण्ड, सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि निकै आकर्षक रहेको छ । त्यस्तै, सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक हिसाबले राम्रो पदयात्रा मानिन्छ । नुवाकोटको घ्याङफेदी तालु कसेरी हुँदै गोसाइँकुण्ड जान सकिन्छ । त्यसैगरि मालाभञ्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रामार्फत पनि गोसाइँकुण्ड पुग्न सकिन्छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्