काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-कुवेत ‘डाइरेक्ट’ उडान गर्ने भएको छ । कम्पनीले सन् २०२४ अगस्ट २० देखि काठमाडौँ-कुवेत ‘डाइरेक्ट’ उडान गर्ने भएको हो ।
वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीहरुको अत्याधिक माग र आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँ-कुवेत ‘डाइरेक्ट’ उडान सुरु गर्न लागेको एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सका अनुसार सुरुमा काठमाडौँ-कुवेत-काठमाडौँ रुटमा एक मातामा एउटा उडान हुने भएको छ । तर, मागका आधारमा उडान संख्या थप्न सकिने एयरलाइन्सले जनाएको छ ।
कम्पनीले कुवेत फ्लाइटका लागि जनरल सेल्स एजेन्टका रुपमा सिजर्स ट्राभल्स ग्रुपलाई नियुक्त गरेको छ ।